ओखलढुंगामा जारी निषेधाज्ञा एक साता थपियो

कपन अनलाइन

काठमाण्डौ ,असार ७।

ओखलढुंगामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । सोमबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको निणर्य अनुसार जिल्लामा थप एकसाता निषेधाज्ञा लम्ब्याउने निणर्य गरिएको हो ।

केन्द्रले यसअघि जारी गरेको निषेधाज्ञाको समयअवधी आज राती १२ बजेबाट सकिने भएकाले डिसीसीएमसीको बैठक बसेर थप एकसाता निषधाज्ञा लम्ब्याउने निणर्य भएको केन्द्रले जारी गरेको सुचनामा भनिएको छ । निषेधाज्ञाको समयअवधीमा जिल्ला भित्रने तथा बाहिरीने चारपाग्रे तथा दुईपाग्र्रे सबैखाले सवारीसाधन सञ्चालमा रोक लगाईएको छ ।

त्यस्तै बिद्यालय तथा क्यामपस सञ्चालन,भेला गोष्टि,तालिम,खेल लगायतका कृयाकपालमा समेत प्रतिबन्ध लगाइएको छ । यसअघि जारी गरिएको सुचना बमोजीम सरकारी तथा निजी संघसंस्थाबाट प्रवाह हुने सेवा तथा होटल,रेस्टुरा,पार्टी प्यालेस लगायतका क्षेत्र सञ्चालमा रोक लगाईएको छ ।
निषेधाज्ञाको समय अवधीमा एम्बुलेन्स,दमकल,शववाहान, ग्यास,पेट्रोलियम पदार्थ,सुरक्षा निकाय,स्वास्थ्य कर्मी तथा औषधी बोकेका सवारीसाधन सञ्चालन गर्न पाईनेछ ।

त्यस्तै जिलका बैङ्क तथा बित्तिय संस्था बिहान १० देखी दिउसो १ बजेसम्म ,पुस्तक तथा स्टेसनरी पसलहरु बिहन ७ देखी ११ बजेसम्म मात्र सञ्चालन गर्न पाईने छ । खाद्यन्न,तरकारी,मासुजन्य,दुद्यजन्य पदार्थ बोकेका सवारीसाधन उद्योग वाणिज्य संघको सिफारीसका आधारमा सञ्चालन गर्न पाईने र प्रत्येक दिन बिहान ७ देखी ११ र बेलुका ४ देखी ७ बजेसम्म सञ्चालन गर्न पाईनेछ । त्यस्तै हाडर्वर पसल बिहान १० देखी २ बजेसम्म सञ्चालन गर्न पाईने छ ।

 

तपाइँको प्रतिक्रिया ।