दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

कपन अनलाइन

काठमाण्डौ, असार ६।

दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले काठमाण्डौ महानगरपालिका  बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

जातीय विभेद गरी कोठा नदिएको भन्दै रुपाले घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।