Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/199380420_4295562270465857_8242851607326136245_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकाले सडक अतिक्रमण गरि व्यवसाय संचालन गर्नेलाइ सजग गरायो

कपन अनलाइन

काठमाडौं,असार ५ ।कागेश्वरी मनोहरा नगरपालिकाले सडक दायाँ बायाँ संचालनमा रहेका मोटरसाइकल वर्कसपहरु बाहिर र फुटपाथमा राखिएको सामान हटाउने अभियान शुरु गरेको छ।

नगरपालिकाले नगरबासीको गुनासोलाइ सम्बोधन गर्दै अव्यवस्थित तरिकाले  संचालनमा रहेका वर्कशपहरुको अनुगमन गर्दै व्यवस्थित तरिकाले संचालन गर्न  सुचित गर्ने  अभियान शुरु गरेको हो ।  फुटपाथनै ढाकेर वर्कशप संचालन गर्दा  दुर्घटनाको जोखिम बढ्नुको साथै पैदलयात्रीलाई समेत कठिनाइ हुने भएको हुँदा पहिलो पल्ट सामग्री सडक अतिक्रमण गरेर  संचालन गरिएका वर्कशपहरुलाइ सडक अतिक्रमण नगरि  व्यवस्थित तरिकाले  व्यवसाय संचालन गर्न नगर प्रहरी मार्फत सुचित गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए   ।  नगरपालिकाको आग्रह  अटेर गरि सडक अतिक्रमण गरि  संचालन गर्ने वर्कशपहरुलाई नगरपालिकाले कारवाही गर्ने पनि उनले जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।