बुढानिलकण्ठ वडा नं ६ र ७ का विकास योजनाको निरीक्षणमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल
कपन अनलाइन
काठमाण्डौ ,असार ४।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बुढानिलकण्ठ नगरपालिका वडा नं ६ र ७ का विभिन्न विकास योजनाहरुको निरीक्षण गरेका छन। २०७४ शालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ बाट प्रतिनिधि सभामा निर्वाचित बनेका पोखरेलले वडा नं ६ मा विकास निर्माणको अवस्थाका वारेमा जानकारी लिएका थिए।
जिल्ला समन्वय समिती काठमाण्डौकी सदस्य सावित्री ढकाल (भट्टराई ) ,नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल , वडा नं ७ का बस नारायण महर्जन ,सदस्य राममाया महर्जन ,वडा नं ६ की सदस्य नानु खड्का सहितको सहभागितामा ति योजनाहरुको निरीक्षण गरिएको थियो।
सो अवसरमा च्यासिनडोल पार्क, हात्तिगौड़ा-धर्मपुर सडक ,पानचोक सामुदायिक भवन ,धरमपुर प्राचिन बस्ती ,गोल्फुटार -शान्तिबाटिका सडक लगायतका योजनाहरुको निरीक्षण गरिएको थियो।
त्यस्तै आजै महासचिव पोखरेलले साविक खड्का भद्रकाली गाविसका पुर्व अध्यक्ष पहलमान खड्कालाई भेटेर स्वास्थ्य अवस्थाका वारेमा जानकारी पनि लिएका थिए।