घाइते बनेका पाँचपोखरी थाङपालका अध्यक्ष टासी लामाले जब जोखिम मोलेर झोलुंगे पुल पार गरे…..

घाइते बनेका पाँचपोखरी थाङपालका अध्यक्ष टासी लामाले जब जोखिम मोलेर झोलुंगे पुल पार गरे…..

कपन अनलाइन

काठमाडौं जेठ ३। ईन्द्रावती नदीमाथिको जोखिमयुक्त पुलबाट गाउँपालिका अध्यक्ष टासी लामाले जोखिम मोलेर  नदी तरेका छन ।खुट्टामा चोट लागेका सिन्धुपाल्चोक स्थित पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई ईन्द्रावती नदीमाथिको जोखिमयुक्त पुलबाट बोकेरै नदी तारिएको हो ।

अविरल वर्षाका कारण मेलम्ची र इन्द्रावती नदीमा आएको बढीले अकल्पनीय क्षेती पुर्याएको अवस्थामा अध्यक्ष लामा र स्थानीयहरु नदि माथि बनेको झोलुंगे पुल बाट अन्यन्त जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका हुन् ।

यसै क्रममा विपदमा जनताको सेवा गरिरहेका अध्यक्ष लामा घाइते भए पछी नदीले थुपारेको बालुवा र पानीको सतह पुल सम्म आएको अवस्थामा पनि नदि तर्न बाध्य बनेका हुन्।

अध्यक्ष लामालाई गाउँपालिकाका सल्लाहकार विजय पौडेलले पिठ्युमा बोकेर जोखिमपूर्ण पुल तारेका थिए।  अध्यक्ष लामा संगै निरन्तर जनताको सेवामा सकिय रहेका पौडेलले मोलेको जोखिम र साहसलाई स्थानीयहरुले निकै प्रसंशा पनि गरेका थिए।

दुई दिनदेखि ईन्द्रावती नदीमा उर्लेको बाढीले मेलम्चीबाट टिपेनी जाने मेलम्ची बगैंचास्थित ईन्द्रावती नदीमाथिको पुललाई पनि क्षति पुर्‍याएको छ।भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकको यस क्षेत्रमा पहिरोको पिडा त् थियो नै अहिले बाढीको प्रलय पनि थपिएको छ।

फोटो : आदित्य दहाल

 

 

तपाइँको प्रतिक्रिया ।