Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/194085820_1186286341832146_2837845285813569378_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर युवा उपकार क्लबले शनिबार आकस्मिक रक्तदान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं असार ३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४मा  रहेको गोकर्णेश्वर युवा उपकार क्लबले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर प्राङ्गणमामा  असार ५ गते शनिबार आकस्मिक रक्तदान  कार्यक्रम गर्न लागिएको हो ।

कोभिड–१९ का कारण  जारी भएको  निषेधाज्ञाको कारण  राजधानीसहित देशका धेरै  जसो स्वास्थ्य केन्द्रहरुमा हुन सक्ने  रगतको अभावलाइ मध्य नजर गर्दै क्लबले आकस्मिक रक्तदान गर्न लागेको  गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम श्रेष्ठले  कपन अनलाइनलाइ जानकारी गराए  । कोभिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट शनिबार बिहान १० बजे बाट शुरु भई १ बजे सम्म चल्ने उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्न  समेत उनले  सबैलाई अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।