काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी सहितको टोली द्वारा वडा नं. ६ र ९ का आइसोलेसन निरीक्षण

काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी सहितको टोली द्वारा वडा नं. ६ र ९ का आइसोलेसन निरीक्षण

कपन अनलाइन

काठमाडौँ, असार १ ।काठमाडौं महानगरपालिका उप प्रमुख हरि प्रभा खड्गी सहितको टोली द्वारा  वडा नं ६को  जनकल्याण माध्यमिक विद्यालय र  वडा ९ को शारदा उच्च माध्यमिक विध्यालयका आइसोलेसन निरीक्षण गरेकी छिन । निरीक्षणको क्रममा उप प्रमुख खड्  मगीले हामारीको असर कहिले कम र कहिले धेरै देखिने गरेको परिस्थिति उल्लेख गर्दै यसको पूर्ण रोकथाम भएको निश्चित नभएसम्म काम गरिरहनु पर्ने  बताएकी छिन् ।

 काठमाडौँ महानगरले सरकारी र सामुदायिक अस्पतालहरुलाई कोविड विरुद्ध उपचारमा क्षमता बढाउन सहयोग गरेको जानकारी गराउदै  जोसँग संरचना, क्षमता र जनशक्ति छ ,उसको क्षमता बढाएर उपचारलाई प्रभावकारी बनाउनमा  महानगरको  ध्यान गएको  भन्दै   उपप्रमुख खड्गी अहिलेको सिकाइ, क्षमता र अनुभवलाई आउँदा दिनका संकट व्यवस्थापनमा लगाउनुपर्ने बताएकी छिन । निरिक्षणको क्रममा सामुदायिक आइसोलेसन सेन्टरहरु स्थानीयहरुलाई महामारीको अप्ठ्यारोमा सहयोग गर्ने ठाउँ भएकाले यसको निर्धक्क उपयोग गर्न वडा ६ का अध्यक्ष दिपेन्द्र लामाले आग्रह गरेका थिए ।

वडा ६ का सदस्य जयराम पुडासैनीका अनुसार जन कल्याण आइसोलेसन सेन्टर कोविडको तेस्रो लहरको तयारीका लागि स्थापना गरिएको बताउदै  सो सेन्टरमा अहिले पुरुषका लागि १० वटा र महिलाका लागि १० वटा वेड राखिएका छन्  आवश्यकता आधारमा यसलाई ४० वेडसम्म बनाउने योजना रहेको उनले बताए  ।महिला एकता समाजले शारदा मा. वि. को आइसोलेसनका लागि करीब ५ लाख रुपैयाँ र जनकल्याण मा. वि. को आइसोलेसनका लागि करीव ३ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामाग्री समेत  हस्तान्तरण गरिएको थियो ।महामारीका समयमा निम्न तथा मध्यम आय भएका परिवारलाई धेरै समस्या हुन्छ , यस्ता बर्गलाई स्वास्थ्य लाभ गर्न सहज होस् भनेर, आइसोलेसन सेन्टरहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएको समाजकी अध्यक्ष विमला तामाङको भनाइ रहेको  छ ।

वडा ६ ले सञ्चालन गरेको सो आइसोलेसन सेन्टर सञ्चालनका लागि जनकल्याण मा. वि., दि आर्ट अफ नेपाल, ह्योल्मो मिडिया ग्रुप तथा हिल नेपाल, युथ एण्ड सोसाइटी समूह, सरस्वती नगर सुधार संघ, पानीपोखरी युवा क्लव, टुसाल युवा क्लव, शान्तिनगर उपभोक्ता समिति, भुवाल डाँडा युवा क्लवको साझेदारिता छ ।

तपाइँको प्रतिक्रिया ।