बागमती प्रदेशका सबै नागरिकलाई खोपका लागि ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रम’
कपन अनलाइन
काठमाण्डौ ,असार १।
बागमती प्रदेश सरकारले सबै नागरिकलाई कोभिड—१९ विरुद्धको खोप लगाउन लागि रु दुई अर्ब बजेट विनियोजन गरेको छ ।
वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८-७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रम’मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि रु दुई अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिएका छन।
कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र सङ्क्रमितको उपचारका लागि अग्रपङ्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जनशक्तिलाई विशेष प्रोत्साहनको व्यवस्था गर्ने घोषणा गरेको बजेटमा कोरोना भाइरस सङ्क्रमणबाट उत्पन्न स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न खानेपानी तथा सरसफाईका गतिविधिलाई एकीकृत रुपमा सञ्चालन गर्न तथा पूर्ण सरसफाई कार्यक्रम कार्यान्वयनमा ल्याउन आवश्यक बजेट व्यवस्था गरिएको छ।