कागेश्वरी मनोहरा नगरपालिकाको आन्तरिक आम्दानी र खर्च बिवरण सार्वजनिक

कागेश्वरी मनोहरा नगरपालिकाको आन्तरिक आम्दानी र खर्च बिवरण सार्वजनिक

कपन अनलाइन

काठमाडौं असार १। कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८को श्रावण १ गते देखि  २०७८ साल जेठ ३१ गते सम्म को आन्तरिक  आम्दानी र खर्च  बिवरण नगर प्रमुख कृष्णहरि थापाले सार्वजनिक गरेका छन।उनले  सामाजिक संजाल बाट कागेश्वरी मनोहरा नगरपालिकाको  आर्थिक वर्ष २०७७/७८को श्रावण १ गते देखि  २०७८ साल जेठ ३१ गते सम्म को आन्तरिक  आम्दानी  र खर्च बिवरण  सार्वजनिक गरेका हुन ।  उनले सार्वजनिक गरेको  आम्दानी खर्च बिवरण निम्न रहेको छ ।

जम्मा आम्दानी – १ अरब ५८ कराेड ७७ लाख ८० हजार ४ सय ७६ पैसा ४८  रहेको छ भने जम्मा चालू खर्च – ३२ कराेड ६८ लाख ९४ हजार ३ सय ३ पैसा ६२ प्रगती ७२ ३७ प्रतिशत रहेको उल्लेख गरेका छन त्यसै गरि जम्मा पुजिगत खर्च – ६६ कराेड ५१ लाख ६६ हजार ४ सय ७७ पैसा ५६ प्रगती ५१.३१ प्रतिशत रहेको र हाल सम्म जम्मा खर्च – ९९ कराेड २० लाख ६० हजार ७ सय ८१ पैसा १८ मात्र   भएको जानकारी गराएका छन ।त्यसै  गरि नगद माैजदात – ५९ कराेड ५७ लाख १९ हजार ६ सय ९५ पैसा  ३०  रहेको उल्लेख गरेका छन ।त्यसैगरि उनले  कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ देखि वडा नं ९ सम्मको आर्थिक वर्ष २०७७/७८को श्रावण १ गते देखि  २०७८ साल जेठ ३१ गते सम्म को आन्तरिक  आम्दानी बिवरण  समेत सार्वजनिक गरेका  छन, जुन   निम्न रहेको छ   ।

१- वडा नं. १ गागल – ५५ लाख ३७ हजार ४ सय ६३ पैसा २४ मात्र ।

२- वडन नं. २ आलापोट – २३ लाख ९९ हजार ६ सय ८४ पैसा ९८ मात्र

३- वडा नं. ३ भद्रबास – २८ लाख ३१ हजार ९ सय २० पैसा ७० मात्र ।

४- वडा नं. ४ डाँछी – ५० लाख ८४ हजार ९ सय ३२ पैसा २९ मात्र ।

५- वडा नं. ५ थलि – ७८ लाख ६३ हजार ६ सय ६८ पैसा ८४ मात्र ।

६- वडा नं. ६ मुलपानी – १ करोड २४ लाख ९ हजार ६ सय ९३ पैसा ६४ मात्र ।

७- वडा नं. ७ अमरसिंग चोक – १ करोड ४३ लाख ६४ हजार ६७ पैसा ३७ मात्र

८- वडा नं. ८ तेजबिनायक – १ करोड १४ लाख ३ हजार २ सय ३३ पैसा ६१ मात्र ।

९- वडा नं. ९ गोठाटार – २ करोड ५ लाख ५२ हजार ८ सय ६३ पैसा ८५ मात्र ।

१०- नगरपालिका – ६ करोड ५० लाख ५४ हजार ९ सय २० पैसा ६१ मात्र । गरि कुल आम्दानी १४ करोड ७५ लाख २ हजार ४ सय ४९ पैसा १०  रहेको जानकारी गराएका छन।

तपाइँको प्रतिक्रिया ।