बालउद्दार मावीको कोरोना विमा प्रकरणमा ट्वीस्ट : शिक्षक/शिक्षिकाहरु प्रहरी चौकीमा
कपन अनलाइन
काठमाण्डौ,असार १।
कोरोना कहरको दोश्रो चरणमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्दार नमुना मावीका ५५ जना शिक्षक शिक्षिकाहरु निशुल्क कोरोना बिमा बाट बन्चित भए पछि उनीहरु प्रहरी चौकीमा पुगेका छन।
विद्यालय र बिमा कम्पनिको चरम प्राविधिक लापरवाहीका कारण बिमाको सुविधा बाट बन्चित बनेका संक्रमित शिक्षक शिक्षिकाहरुलाई १५ हजार दिने निर्णय भएको सार्वजनिक भए संगै शुरु भएको चर्चा,परिचर्चा,बहस र राजनीतिका कारण उक्त निर्णय फिर्ता भएको थियो।
कोरोना प्रकोपको विषम महामारीमा पाउनु पर्ने सुविधा बाट बन्चित भएको पिडामा नुन छर्कने गरी उल्टो राजनीति हुन् थालेपछि निकै आक्रोसित बनेका पिडित शिक्षक शिक्षिकाहरु वडा ,नगरपालिका ,शिक्षा शाखा ,जिल्ला शिक्षा समन्वय कार्यालय लगायतका सरोकारवाला निकाय बाट न्याय नपाएपछि प्रहरीको शरणमा पुगेका हुन।
यसै क्रममा असार १ गते बिहान कपन प्रहरी प्रभागमा पिडित शिक्षक शिक्षीकाहरु पुगेका थिए। आजको सो प्रकरणमा फरक दृश्य पनि देखिएको थियो किनकी नैतिक र कानुनी रुपमा यस प्रकरण संग प्रत्यक्ष जोडिएका विद्यालय व्यवस्थापन समिति सदस्य र विद्यालयका सहायक प्रधानाध्यापक पनि प्रहरी चौकीमा पुगेका थिए।
विद्यालयको दैनिक प्रसासनको जिम्मेवारीमा रहेका सहायक प्रधानाध्यापक राजन रेग्मी र विद्यालय व्यवस्थापन समिती सदस्य देवी रेग्मी नै शिक्षकहरु संग चौकीमा उपस्थित भए संगै विद्यालयको विमा प्रकरण रोचक र घोचक मोडमा पुगेको छ।
शिक्षक शिक्षिकाहरु निवेदन बोकेर प्रहरी चौकीमा पुगे पछी प्रधानाध्यापक बिनोद पण्डित पुगेका थिए भने व्यवस्थापन समितका अध्यक्ष धुर्व घिमिरेलाई सम्पर्क गर्दा विद्यालयको कुरा विद्यालयमा नै गर्ने भन्दै उपस्थिति नहुने जानकारी गराएको श्रोतले जानकारी दिएको छ।
कोरोना संक्रमणलाई जितेका सहायक प्रधान प्रधानाध्यापक रेग्मीको उक्त कदम पछी रुस्ट बनेको व्यवस्थापन समिति यी सबै निर्णयको नैतिक जिम्मेवारीमा रहेकी व्यवस्थापन समिति सदस्यको पछिल्लो कदम पछि आश्चर्यमा परेको विद्यालय श्रोतले बताएको छ। यस विषयमा सहायक प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यको औपचारिक धारणा सार्वजनिक भएको छैन।
सामान्य समयमा राजनीतिक दलको आधारमा शिक्षकहरुलाई कित्ताकाट गर्दै दुख दिने चलन पछि कोरोना प्रकोपको महामारीमा पनि शिक्षकहरुनै पिडामा परेको वेलामा विकसित भएको पछिल्लो घटना …. भन्दा हेर्नेलाई लाज भन्ने उखान जस्तै भएको भन्दै एक पिडित शिक्षकले आक्रोस व्यक्त गरेका छन।
लाखौ रकम अपचलन गरेर पछि फिर्ता गर्दा माफ दिने,विद्यालयको निर्णयको खेस्रा कुनै अमुक नेताको घरमा गरेर व्यवस्थापन समितिको बैठक गर्ने, राजनीतिक सहमति र सेटिंगका आधारमा शिक्षक छनौट गर्ने जस्त्ता अनेकौ घटनालाई नजिक बाट हेरेका र बुझेका एक पुर्व व्यवस्थापन समिति सदस्यले पछिल्लो समय विद्यालयमा भएका गतिविधिले जग हसाएको भन्दै दुख प्रकट गरेका छन।