एकै कार्यालय तथा सिम्बाेल नं ले खुल्यो सवारी पास किर्ते गर्नेको रहस्य
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ३१।
निषेधाज्ञामा जारी हुने सवारी पासको किर्ते गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन।
प्रहरीले आइतबार बेलुकी ललितपुर महानगरपालिका वडा नम्बर १३ एकान्तकुनाबाट सवारी पास किर्ते गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।
खोटाङ मझुवागढी नगरपालिका-११का २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ पक्राउ परेका हुन्।सोही क्रममा बा ८१ प ७९३ नम्बर मोटरसाइकल चालक अम्बर गुरुङ र प्रदेश १-०२-९०४० प ८६११ नम्बर मोटरसाइकल चालक दिनेश गुरुङले एकै कार्यालय तथा सिम्बाेल नं भएका सवारी पास देखाएका थिए।
निषेधाज्ञा जारी रहेको समयमा काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै रिङरोडमा पनि प्रहरीले बिना पासका सवारीसाधनलाई चेक गर्ने गरेको छ।
तपाइँको प्रतिक्रिया ।