सोलुखुम्बुको पत्तालेमा क्रेनले विद्युत लाईन छुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु

सोलुखुम्बुको पत्तालेमा क्रेनले विद्युत लाईन छुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु

कपन अनलाइन 
सोलुखुम्बु, जेठ २८। 

सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले ३३ केभीको विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले शुक्रबार विहान साढे ८ बजे ३३ केभिए प्रसारण लाईनमा छुँदा सवार चारजना युवा मध्ये घटनास्थलमै दुई जनाको मुत्यू भएको हो भने अन्य दुई जना घाईते भएका छन् ।
मृत्यु हुनेमा लोबेड गाडी चालक बाग्लुङका २६ बर्षिय भुमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार रहेका छन् ।
ग. १ ज. ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएको र घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।
विगत केही वर्षयता निर्माणधीन अवरुथामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधककोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाईनमा छुँदा दुर्घटना भएको हो ।
करेन्टका कारण गाडीमा आगो लागेको प्रहरीले जनाएको छ । हाईटेन्सनको तार होचो भएका कारण क्रेनले छुन पुग्दा घटना भएको हो ।साभार :गोरखापत्र अनलाइन

तपाइँको प्रतिक्रिया ।