Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/199856865_1432939160380893_2813436635941099075_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नागार्जुन नगरपालिकाका कुन वडामा कति कोरोना संक्रमित ?

कपन अनलाइन

काठमाडौं जेठ २८। नागार्जुन नगरपालिकामा २०७८ जेठ २७ गते सम्ममा १५२५ जना पुरुष र  १२४३ जना महिला गरि कुल  २७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी  गराएको छ । कुल संक्रमित मध्ये १०२१ जनाले कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका ४३ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म नगरपालिकाका १६५० जना होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ५४ जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १७०४ जना रहेको समेत उल्लेख गरिएको छ।

नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?

 नागार्जुन नगरपालिका वडा नं १ मा २७६जना पुरुष र २३३ जना महिला गरि ५०९ जना

नागार्जुन नगरपालिका वडा नं २  मा  १६४ जना पुरुष र  १६० जना महिला गरि ३२४ जना

नागार्जुन नगरपालिका वडा नं ३  मा १२५  जना पुरुष र ६८ जना महिला गरि १९३ जना

नागार्जुन नगरपालिका वडा नं ४  मा ३३४  जना पुरुष र ३०६ जना महिला गरि ६४०  जना

नागार्जुन नगरपालिका वडा नं ५  मा १२० जना पुरुष र १०० जना महिला गरि २२०  जना

नागार्जुन नगरपालिका वडा नं ६ मा   १८५ जना पुरुष र १५४ जना महिला गरि ३३९ जना

नागार्जुन नगरपालिका वडा नं ७  मा  ७५ जना पुरुष र ५६ जना महिला गरि  १३१ जना

नागार्जुन नगरपालिका वडा नं  ८  मा  ३१ जना पुरुष र २९ जना महिला गरि ६०  जना

नागार्जुन नगरपालिका वडा नं ९ मा   ९७ जना पुरुष र ६० जना महिला गरि १५७ जना

नागार्जुन नगरपालिका वडा नं १०  मा  ११८ जना पुरुष र ७७ जना महिला गरि  १९५ जना रहेको जनाएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन  नगरपालिकाले  अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।