Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/194675002_942329913216913_1577819544489321407_n-843x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/DSC_0178-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

हाल सम्म गोकर्णेश्वर नगरपालिकाका २ हजार ७ सय ६३ जनाले  कोरोना जिते

कपन अनलाइन

काठमाडौं, जेठ २७ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ २७ गते सम्ममा १८२६ जना पुरुष र १६९३ जना महिला गरि कुल ३ हजार ४  सय ७७  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।कुल संक्रमित मध्ये  १४५५ जना पुरुष र  १३०८ जना महिला गरि कुल  २ हजार ७ सय ६३ जनाले  कोरोना जितेका छन  ।

हाल सम्म नगरपालिकाका  २६ जना पुरुष र २१ जना महिला गरि कुल ४७ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा ३४५जना पुरुष र ३२२ जना महिला गरि कुल ६६७जना सक्रिय संक्रमित रहेको जानकारी गराएको  छ ।हाल सम्म  ६जना पुरुष र १२ जना महिला गरि कुल १८जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ३३९ जना पुरुष र ३११ जना महिला गरि कुल ६५०जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।

हाल सम्म नगरपालिकामा  १३३७ जना पुरुष र १२४९ जना महिला गरि कुल २५८६ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा१४२ जना पुरुष र १५५ जना महिला गरि २९७ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले  २४८८ जना पुरुष र २२१५ जना महिला गरि कुल ४७०३ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ । त्यसै गरि नगरपालिकाको गोकर्ण  प्राथमिक अस्पताल  अस्थाई  कोभिड आइसोलेसन  सेन्टरमा हाल सम्म ११ पुरुष र १० जना महिला गरि २१ जना रहेको जानकारी गराइएको छ भने हाल सम्म उक्त आइसोलेसन बाट ३ जना पुरुष र ४ जना महिला गरि कुल ७ जना डिस्चार्ज भएको पनि जानकारी गराएको छ । त्यसै  गरि हाल सम्म उक्त आइसोलेसन केन्द्र बाट ३ जना पुरुष र २ जना महिलालाइ अन्यत्र स्थानान्तरण गरिएको पनि जानकारी गराएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सन्तोष चालिसेले अनुरोध  गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।