खत्याड सामुदायिक स्वाथ्य चौकी मुगुलाई बोधिसत्व बिहारको स्वास्थ्य सामाग्री सहयोग

खत्याड सामुदायिक स्वाथ्य चौकी मुगुलाई बोधिसत्व बिहारको स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाडौं, जेठ २८। कणाली प्रदेशको मुगु जिल्ला खत्याड गाऊपालिकामा रहेको खत्याड सामुदायिक स्वाथ्य चौकीलाई बोधिसत्व बिहारले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।नेपालमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएसँगै  संक्रमितको उपचार तथा संक्रमण रोकथाम र नियन्त्रणको लागि  सहज होस्  भनेर  स्वास्थ्य सामग्री प्रदान  गरेको संस्थाले जनाएको छ ।

खत्याड गाऊपालिकाको अनुरोधमा समाजसेबी लायन  दिपक चापागाईको पहलमा बोधिसत्व बिहार बुढानिलकण्ठले स्वास्थ्य सामग्री सहयोग गरेको हो।  उक्त  गाउपलिका वडा नं ३ अन्तर्गत पर्ने खत्याड कम्युनिटी हेल्थ  सेन्टर र प्राथमिक स्वास्थ्य केन्द्र, रातापानी मुगुमा कोभिड १९को नियन्त्रण तथा उपचारको लागि आवश्यक  स्वास्थ्य सामग्री प्रदान गरेको हो । उक्त  गाउपलिका वडा नं ३ अन्तर्गत पर्ने खत्याड कम्युनिटी हेल्थ  सेन्टर र प्राथमिक स्वास्थ्य केन्द्र रातापानी मुगुमा हाल सम्म १०१ जना संक्रमित भइ ४० जना अस्पतालको आइसोलेसनमा  ,४० जना होम आइसोलेसनमा रहेको र २१ जना उपचार गरि निको  भइ घर फर्केको अवस्था रहेको जानकारी गराएको छ।

 संक्रमण समुदाय स्तरमा तिब्र रुपमा फैलिरहेको अवस्थामा कोभिड १९ को संक्रमणलाइ रोकथाम नियन्त्रण गर्न सहज होस् भनेर गाउपलिकाको अनुरोधमा  बोधिसत्व बिहार बुढानिलकण्ठले  स्वास्थ्य सामग्री अन्तर्गत पीपीइ, मास्क, सर्जिकल ग्लोब्स, सर्जिकल मास्क, पल्स अक्सिमिटर, थर्मल गन, फेस शिल्ड,स्प्रे क्यान, हेयर क्याप, ग्लुकोमिटर, स्यानीटाईजर ,ह्याण्ड वास, फेनल, हर्पिक, बिपी सेट, लगायतका सामग्री सहयोग गरेको समाजसेवी लायन दिपक चापागाईले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।