गोकर्णेश्वर नगरपालिका वडा नं ४ को भूकम्प पीडित लाभग्राहीका लागी जरुरी सूचना
कपन अनलाइन
काठमाडौं, जेठ २७ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले भूकम्प पिडित लाभग्राहीको लागि तेस्रो तथा अन्तिम किस्ता रकमको लागि आवश्यक कागजात पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ ।
वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जेठ २६ गते जारी गरेको उक्त सूचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेका भूकम्प पिडित लाभग्राहीहरुको निजि आवास पूर्ण रुपमा क्षति भएका घर धनीहरुका लागि नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण बाट निजि आवास पुन:निर्माणका लागि रकम उपलब्ध गराउदै आएकोमा उक्त तेस्रो किस्ता रकमहरु समयसीमाका कारण यहि मिति २०७८ साल असार १० गते भित्र तेस्रो किस्ताको लागि आवश्यक पर्ने सम्पूर्ण कागजात सहित गोकर्णेश्वर नगरपालिका पुनःनिर्माण शाखामा अनिवार्य बुझाउन अनुरोध गरिएको छ ।साथै माथि उल्लेखित समयसीमा भन्दा पछि कुनै किस्ता प्रयोजनका कार्यहरु नहुने भएकोले यसै सुचनालाइ आधार मानी आवश्यक कागजात पेश गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।