गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटी पिपलबोटमा शनिबार लायन्स क्लबले आकस्मिक रक्तदान  गर्ने

गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटी पिपलबोटमा शनिबार लायन्स क्लबले आकस्मिक रक्तदान  गर्ने

कपन अनलाइन

काठमाडौं, जेठ २७।  गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटीमा लायन्स क्लबले आकस्मिक रक्तदान  गर्ने भएको छ । जेठ २९ गते शनिबार  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ सुन्दरीजल, लायन्स क्लब अफ काठमाडौं नयांपाटी भिक्टोरियस, लायन्स क्लब अफ काठमाडौं नयाँपाटी फ्रेन्ड्स, लायन्स क्लब अफ काठमाडौं राइजिंग सन ,तथा गरिब तथा अनाथ बालबालिकाहरुका लागि सहयोगी हातहरुको संयुक्त आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटी पिपलबोटमा आकस्मिक रक्तदान  कार्यक्रम गर्न लागिएको हो ।

 कोभिड–१९ का कारण  जारी भएको  निषेधाज्ञाको कारण  राजधानीसहित देशका धेरै  जसो स्वास्थ्य केन्द्रहरुमा रगतको चरम अभाव भएपछि आकस्मिक रक्तदान गरिन लागिएको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यात प्रसाद थपलियाले कपन अनलाइनलाइ जानकारी गराए  । कोभिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट बुधबार बिहान १0 बजे बाट शुरु भई १ बजे सम्म चल्ने उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्न  समेत उनले  सबैलाई अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।