कीर्तिपुर नगरपालिकामा पहिलो दिनको खोप अनुगमन गर्दै नगर प्रमुख र उपप्रमुखको टोली

कीर्तिपुर नगरपालिकामा पहिलो दिनको खोप अनुगमन गर्दै नगर प्रमुख र उपप्रमुखको टोली

कपन अनलाइन

काठमाडौं जेठ २६। सरकारले कोभिड–१९ विरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा  मंगलबार देखि लगाउन सुरु  गरेको छ ।चीनबाट अनुदानमा प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसहरुलाई पहिलो मात्रा लगाउन लगाउन शुरु गरेको हो।

 जेठ २५ गते बुधबार  देखि २९ जेठसम्म चल्ने सो अभियान अन्तर्गत कीर्तिपुर नगरपालिकाले पनि  चार  वटा खोप केन्द्र (कीर्तिपुर नगरपालिका वडा नं. १ स्थित विष्णुदेवी अस्पताल, वडा नं. ३ को विश्व राष्ट्रिय मा.वि., वडा नं. ४ को ग्रिन भिलेज स्कूल र वडा नं. ५ पाँगामा बालकुमारी स्वास्थ्य चौकी बाट सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सुरक्षित तवर बाट कोरोना बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइदै छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल, स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धरले आज पाहिलो दिन मंगलबार सो खोप केन्द्रको स्थलगत अबलोकन  गरेका छन । खोप कार्यक्रम सुरु भएपछि केन्द्रहरुमा खोप लिन आउने सेवाग्राही र खोप दिने स्वास्थ्यकर्मी तथा कर्मचारी र स्वयमसेवकहरुको कुरा सुन्न  र खोप कार्यक्रमको अनुगमनको  लागि नगर प्रमुख उप प्रमुख  जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहितको टोलि नगरपालिकाका विभिन्न खोप केन्द्रहरुमा पुगेका थिए । अनुगमन पश्चात  नगर प्रमुख रमेश महर्जनले केन्द्रहरुको व्यवस्थापन राम्रो भएको, सेवाग्राहीले सुरक्षित सेवा पाएको अनुभूति गरेको प्रतिक्रिया दिएका छन् । उनले लक्षित समूहलाइ नजिकका खोप केन्द्र बाट खोप सेवा लिन समेत अनुरोध  गरेका छन ।

तपाइँको प्रतिक्रिया ।