स्वास्थ्य सामाग्री लिएर चम्पादेवी पुगेका एमाले युवाहरु भन्छन:तिता र मिठा अनुभव लिएर फर्कियौ

स्वास्थ्य सामाग्री लिएर चम्पादेवी पुगेका एमाले युवाहरु भन्छन:तिता र मिठा अनुभव लिएर फर्कियौ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

कोरोना प्रकोपको दोश्रो लहरमा चम्पादेवी गाउँपालिकाका ११ वटै स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य सामाग्री लिएर ओखलढुंगा जिल्ला पुगेका नेकपा एमाले चम्पादेवीका युवाहरुले केहि तिता र केहि मिठा अनुभव लिएर फर्किएको बताएका छन।

जिल्लामा संकटको अवस्था आए संगै कोरोना प्रकोप सहयोग समिति गठन गरेर स्वास्थ्य सामाग्री सहित जिल्ला पुगेका उनीहरुले पहिलो गास मै ढुंगा भने झैँ रानीबन स्वास्थ्य केन्द्रमा नै तितो अनुभव भोग्नु परेको समितिका संयोजक पदम बरालले बताएका छन।

नेकपा एमालेको स्थानीय नेतृत्व र सहयोग समितिका प्रतिनिधिहरु सहितको सहभागितामा गाउँपालिकाका सबै स्वास्थ्य केन्द्रमा पुग्ने योजना बनाएकोमा गाउँपालिकाका अध्यक्ष नवराज केसीले एकद्वार प्रणाली रहेको बताएको जानकारी दिदै बरालले त्यहा संक्षिप्त कार्यक्रम गरेको बताए।

त्यस्तै सोहि स्थानमा केहि ब्यक्तिहरुले सहयोग सामाग्री फिर्ता लैजानु भन्दै जिम्मा नलिने गैर जिम्मेवार अभिब्यक्तिको सामना गरेता पनि स्वास्थ्य केन्द्रका प्रमुख मदन कार्कीको सकारातमक भूमिका निर्वाह गरेकोमा संयोजक बरालले धन्यवाद दिएका छन।

गाउँपालिकाका वडा नं १,२,४,५,६,७,८,र ९ मा जनप्रतिनिधिहरुको निकै सकारात्मक सहयोग पाएकोमा उनीहरुलाई धन्यवाद दिदै अध्यक्ष बरालले वडा नं ३ मा भने पालिका कार्यालयमा  गाउँपालिका अध्यक्ष र  वडा अध्यक्ष संगै भएर पनि अनुपस्थित हुँदा नरमाइलो अनुभव गरेको  बताएका छन।

गाउँपालिकाले सके सम्म स्थानीय वडाका स्वास्थ्य केन्द्रमा राजनीतिक पूर्वाग्रह राखेर जान नदिएको हो कि ? भन्ने  महसुस भए पनि  समितिका कोषाध्यक्ष गौरव थापाले जनसेवाको अभियानलाई चम्पादेवीका जनताहरुले भने न्यानो स्वागत गरेको बताएका छन।

स्वास्थ्य सामाग्री लिएर नेकपा एमाले जिल्ला सचिवालय सदस्य शेर बहादुर मगर ,समितिका संयोजक पदम बराल ,सचिव रमेस घिमिरे,कोषाध्यक्ष गौरव थापा लगायतलाई  वडा नं ७ का अध्यक्ष सुरेस थापा,नेकपा एमाले चम्पादेवीका अध्यक्ष खेम मिश्र ,युवा संघ ओखलढुंगाका कोषाध्यक्ष धन बहादुर श्रेष्ठ , सदस्य सुनिल केसी , सदस्य संगम भुजेल लगायतले स्वागत गरेका थिए।

त्यस्तै नेकपा एमाले जिल्ला सचिवालय सदस्य शेर बहादुर मगरको पहलमा  वडा नं ९ र ६ का कोरोना संक्रमितहरुलाई वडाको सिफारिसको आधारमा  आवस्यक खाद्यान्न सामाग्री सहयोग पनि गरिएको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।