स्वास्थ्य स्वयम सेविका शोभा तामाङको निधनले सिंगो पार्टी र समाजलाई ठुलो क्षेती: छिरिङ दोर्जे लामा

स्वास्थ्य स्वयम सेविका शोभा तामाङको निधनले सिंगो पार्टी र समाजलाई ठुलो क्षेती: छिरिङ दोर्जे लामा

कपन अनलाइन

काठमाडौं जेठ २४। काठमाडौं महानगरपालिका वडा नं ६ कि महिला स्वास्थ्य स्वयं सेविका शोभा तामाङको निधन भएको छ ।  बागमती प्रदेश सभा सदस्य  एबम सचेतक नेपाली कांग्रेस संसदीय दलका नेता  सदस्य छिरिङ दोर्जे लामाले उनको निधनमा गहिरो दुख ब्यक्त गर्दै तामाङ  पार्टी प्रति प्रतिवद्द ,जनसेवामा सक्रीय र जुझारु भएको बताएका छन । उनको  निधनले पार्टी र समाजलाई ठुलो क्षेती पुगेको  भन्दै गहिरो दुख ब्यक्त  गर्दै परिवारमा  समवेदना प्रकट गरेका छन ।

काठमाडौं महानगरपालिका वडा नं ६ बज्र नगर निवासी तामाङ करिब २ दशक देखि काठमाडौं महानगरपालिका वडा नं ६ मा महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा कार्यरत रहेकी थिइन।  नेपाली कांग्रेसको क्रियाशील सदस्य समेत रहेकी  उनको २०७८ साल  जेठ १९ गते मस्तिष्क घातको कारण निधन भएको हो ।  धार्मिक परम्परा अनुसार उनको अन्त्यष्टी गरिएको छ।  उनको पार्थिब शरीरमा बागमती प्रदेश सभा सदस्य  एबम सचेतक नेपाली कांग्रेस संसदीय दलका नेता  सदस्य छिरिङ दोर्जे लामा  काठमाडौं महानगरपालिका वडा नं ६का वडा अध्यक्ष दिपेन्द्र लामा लगायतले नेपाली कांग्रेसको झण्डा ओडाएर अन्तिम बिदाई गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।