गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा आज कहाँ कहाँ एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण हुदैछ ?
कपन अनलाइन
काठमाडौं जेठ २४। गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले नि:शुल्क एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गर्ने सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष राजिब थापाले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ९ भित्र स्थायी एबम अस्थाई रुपमा बसोबास गरिरहेका इच्छुक ब्यक्तिहरुलाइ निम्न स्थान र समयमा एन्टीजेन प्रबिधि मार्फत कोभिड १९ को निशुल्क परिक्षण गरिने भएको हुँदा निम्न मिति स्थान र समयमा उपस्थित भई कोभिड १९ को परिक्षण गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ ।
परिक्षण हुने स्थान मिति समय
१) वडा कार्यालयमा २०७८ जेठ २४ गते बिहान ११ बजे देखि १२:३० बजे सम्म
२) बिद्या ब्याम बिध्यालय २०७८ जेठ २४ गते अपरान्ह १ बजे देखि २:३० बजे सम्म
३) गैह्रीगाउ (सुनाखरी टोल सार्वजनिक जग्गा) २०७८ जेठ २४ गते अपरान्ह ३ बजे द्केही ४ बजे सम्म