नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको काेराेना सहयोग समितिलाई अजिज फाउन्डेसनको सहयोग

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको काेराेना सहयोग समितिलाई अजिज फाउन्डेसनको सहयोग

कपन अनलाइन

काठमाडौं, जेठ २३।

नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ काेराेना सहयोग समितिलाई अजिज फाउन्डेसनले २ हजार  थान माक्स, १०१ वटा साबुन र १.५ लिं सेनिटाइजर उपलब्ध सहयोग गरेको छ।

संस्थाकी अध्यक्ष सर्की  शेर्पाले उक्त सामाग्री काेराेना नियन्त्रण सहयोग समिति अन्तर्गत आर्थिक तथा राहत व्यवस्थापन उपसमितिका संयाेजक उद्धब चाैलागाइलाइ उक्त स्वास्थ्य  सामाग्री हस्तान्तरण गरेकी हुन।

कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि सहयोग गर्नका लागि गठित समितिको  राहत काेषमा जम्मा गर्न चाैलागाइ नेतृत्वको आर्थिक तथा राहत उपसमितिलाई नगरपालिका तथा संघसंस्था समन्वय उपसमितिले १५ हजार, नाैं नम्बर वडा पार्टी अध्यक्ष घमराज सुवेदीले ५ हजार र उद्धव चाैलागाइ र गजेन्द्र खड्काले ५/५ हजार गरि जम्मा ३० हजार रुपैयाँ प्रदान गरेको सहयोग समितिका संयोजक चौलागाईले जानकारी दिएका छन।

नेकपा माओवादी केन्द्र प्रदेस कमिटी सदस्य बिदुर खड्का , सहयोग समिति संयोजक ठाकुर प्रसाद खकुरेल , नगर कमिटी अध्यक्ष रबिन अधिकारी ,अजिज फाउन्डेसनकी अध्यक्ष सर्की शेर्पा ,कपन भेट्रान क्लवका अध्यक्ष पासांग शेर्पा ,नगर कमिटी सदस्य शिव बजगाई, अजिज फाउन्डेसनका संस्थापक कार्यकारी निर्देशक रोसन भण्डारी   लगायतको उपस्थितिमा सो सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।