दक्षिणकाली नगरपालिकाको कक्षा ८ को वार्षिक परिक्षा मुल्यांकन गरी पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना
कपन अनलाइन
काठमाडौं, जेठ २३ । दक्षिणकाली नगरपालिकाले आधारभूत तह कक्षा ८ को वार्षिक परिक्षाको परिक्षा मुल्यांकन गरी पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ । लक्ष्मण दाहाल अधिकृत आठौँले जेठ १९ गते जारी गरेको उक्त सुचनामा दक्षिणकाली नगरपालिकाको आधारभूत तह कक्षा ८ को परिक्षा समितिको मिति २९७८ साल जेठ १९ गते को निर्णयअनुसार हाल देश भरि कोभिड १९ (दोश्रो लहर)को महामारी तीब्र रुपमा फैलिरहेको हुँदा हालको परिस्थितिमा बिध्यालयमा बिद्यार्थी भौतिक रुपमा उपस्थित भई अन्तिम परिक्षामा सम्मिलित हुने परिस्थिति नभएको हुँदा कक्षा ८ को बार्षिक परिक्षाको प्रचलित मूल्य मान्यता र पाठ्यक्रमले निर्दिष्ट गरिदिएको परिधि भित्र रही वैकल्पिक बिधि समेतको पर्योग्को साथै प्रथम र दोस्रो त्रैमासिक परिक्षा तथा आन्तरिक मूल्यांकनको आधारमा बिद्यार्थीको मूल्यांकन गरि मिति २०७८ साल जेठ २७ गते भित्र दक्षिणकाली नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा अभिलेख पठाउन अनुरोध गरिएको छ ।