टोखा नगरपालिकाको उपप्रमुख उम्मेदवार हुँदा ९९ मत प्राप्त गरेकी गुरुङ राज्यमन्त्री भईन

टोखा नगरपालिकाको उपप्रमुख उम्मेदवार हुँदा ९९ मत प्राप्त गरेकी गुरुङ राज्यमन्त्री भईन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २२।

२०७४ शालको स्थानीय तहको निर्वाचनमा  पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री भएकी छिन्। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उनी काठमाडौंको टोखा नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन्। तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपप्रमुखमा ९९ मत पाएको निर्वाचन आयोगको तथ्यांक छ।

। उनी स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बनेकी थिइन्।उपप्रमुखमा पराजित गुरूङलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्। उनी नेपाल मानव कल्याण संगठन र दिगो विकास केन्द्रकी अध्यक्ष भइसकेकी छिन्

तपाइँको प्रतिक्रिया ।