तारकेश्वर नगरपालिकाको आ.व २०७८/७९को बार्षिक नीति तथा कार्यक्रमको लागि सुझाब उपलब्ध गराउन अनुरोध
कपन अनलाइन
काठमाडौं जेठ २२। तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९को बार्षिक नीति तथा कार्यक्रमको लागि सुझाब उपलब्ध गराउने समबन्धि सार्वजनिक सुचना जारी गरेको छ। नगर प्रमुख रामेश्वर बोहोराले जारी गरेको उक्त सुचनामा तारकेश्वर नगरपालिकाको आर्थिक वर्ष २०७८/७९को लागि नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भईसकेको उल्लेख गरिएको छ उक्त कार्यक्रममा समाबेश गरिनुपर्ने बिषयका सम्बन्धमा आफ्ना अमुल्य सुझाब ज्येष्ठ मसान्त सम्म तारकेश्वर नगरपालिकाको इमेल tarkeshwormun2071@gmail.com मा उपलब्ध गराई सहयोग गरि दिन बिभिन्न संघ संस्था बुद्दिजिवी, बिज्ञ ,राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा नगरबासीहरुलाई सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ।
थप जानकारीको लागि सम्पर्क ब्यक्ति
अधिकृत तिर्थराज थापा मगर
इमेल: tirtharajthapa@gmail.com
फोन नं. ९८४१८२४९४४

