पछिल्लो २४ घण्टामा कीर्तिपुर नगरपालिकामा थप ९ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं जेठ २२ । पछिल्लो २४ घण्टामा कीर्तिपुर नगरपालिकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ। गत २४ घण्टामा नगरपालिकामा ३४ जनाको कोरोना परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो, यो संगै नगरपालिकाका २४६जना पुरुष र २३८ जना महिला गरि कुल ४८४जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये ४५७ जना होम आइसोलेसनमा रहेको र अस्पतालको आइसोलेसनमा २७जना रहेको जनाएको छ । त्यसैगरि हाल सम्म नगरपालिकाका ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा कुल ३ हजार८ सय ५२ जना संक्रमित भएको र सो मध्ये ३ हजार ३ सय ३३ जनाले कोरोना जितेको जानकारी गराएको छ।
संक्रमित विरामीको संख्या प्रत्येक वडाको यस प्रकार रहेको छ ।
कीर्तिपुर नगरपालिका वडा नं १ मा ३० जना
वडा नं २ मा ५१ जना
वडा नं ३ मा ४४ जना
वडा नं ४ मा ५२ जना
वडा नं ५ मा ८३ जना
वडा नं ६मा ५८ जना
वडा नं ७ मा ३५ जना
वडा नं ८ मा ३५ जना
वडा नं ९ मा ४० जना
र वडा नं १० मा ५७ जना गरि कुल संक्रमित ४८४ जना रहेको जनाएको छ। कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न समेत अनुरोध गरिएको छ ।