हाल सम्म गोकर्णेश्वर नगरपालिकाका  १९ सय ३७ जनाले कोरोना जिते

हाल सम्म  गोकर्णेश्वर नगरपालिकाका   १९ सय ३७ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं ,जेठ २२। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ २१ गते सम्ममा १३८१ जना पुरुष र १२४० जना महिला गरि कुल २ हजार ६  सय २१  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।कुल संक्रमित मध्ये  १०३७ जना पुरुष र  ९०० जना महिला गरि कुल  १९३७ जनाले  कोरोना जितेका छन  ।हाल सम्म नगरपालिकाका  २५ जना पुरुष र १९ जना महिला गरि कुल ४४ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा ३१९जना पुरुष र ३२१ जना महिला गरि कुल ६४० जना सक्रिय संक्रमित रहेको जानकारी गराएको  छ ।

हाल सम्म  १८जना पुरुष र १९ जना महिला गरि कुल ३७जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ३०१ जना पुरुष र ३०१ जना महिला गरि कुल ६०२ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा  ४४१ जना पुरुष र ५४२ जना महिला गरि कुल ९८३ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ९० जना पुरुष र ११० जना महिला गरि २०० जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले  २४८८ जना पुरुष र २२१५ जना महिला गरि कुल ४७०३ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ । त्यसै गरि नगरपालिकाको गोकर्ण  प्राथमिक अस्पताल  अस्थाई  कोभिड आइसोलेसन  सेन्टरमा हाल सम्म ७  पुरुष र ६ जना महिला गरि १३ जना रहेको जानकारी गराइएको छ भने हाल सम्म उक्त आइसोलेसन बाट ४ जना डिस्चार्ज भएको पनि जानकारी गराएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सन्तोष चालिसेले अनुरोध  गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

 

तपाइँको प्रतिक्रिया ।