सहमतिमा फेरि गाँठो प¥यो, कहिले फुक्ला खै ?

कपन अनलाइन , माघ -६ /प्रदेशलगायतका मुख्य मुद्दामा सहमति भइसकेको भनी गच्छदारले अभिव्यक्ति दिएको भोलिपल्टै एमाले नेतृ विद्या भण्डारीले भने सहमति नजिक पुगियो भन्नु भ्रममात्र रहेको बताएकी छिन् ।

शर्षि नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले भनिन्, “हिजो सहमतिको नजिक पुगिसकेकाले सहमति हुन्छ भनेर सुनेको कुरा भ्रम जस्तो लाग्यो ।” मधेशवादी दलहरू पुरानै अडानमा फर्केका कारण सहमति हुने संकेत नदेखिएको पनि उनले बताइन् ।

भण्डारीका अनुसार मधेसवादी दलहरू पूर्वका तीन र पश्चिमका दुई जिल्ला छाड्न राजी भएको भनिएतापनि आज फेरि नछोड्ने भन्दै उही अडानमा पुगेका छन् । तराईका पाँच जिल्लालाई पनि मधेशकै प्रदेशमा गाभ्नुपर्ने भन्दै फेरि किचलो निकालेको भण्डारीले बताइन् ।

आइतबारको बैठकमा सिमाङ्कनमा मिलाउने भनिएका विषयलाई पनि पहिले नै निर्णयमा पुग्नुपर्ने भन्दै मधेसवादी दलहरूले सहमति, सहमति, फुस्सा बनाउन खोजेको बताइएको छ ।

बैठकबाट बाहिरिएपछि एमालेका अन्य नेताहरूले पनि सहमतिका लागि आफूहरू निकै लचिलो भएको भएपनि मधेसवादी दलहरू डेग नचलेको बताएका छन् । एकतर्फी ढङ्गले मात्र सहमति हुन नसक्ने भन्दै उनीहरूले सहमतिका लागि दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।