गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा कुटपिटबाट सुन्दरीजलका परियारको मृत्यु

गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा कुटपिटबाट सुन्दरीजलका परियारको मृत्यु

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ २०।

गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । गोकर्णेश्वर–१, सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट मृत्यु भएको हो ।

गोकर्णेश्वर नगरपालिका–८ बागमती  करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनील राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भएका थिए ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।कुटपिटमा संलग्न सुनीललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।