चीन सरकारको अनुदानमा आएको स्वास्थ्य सामाग्री रसुवागढी नाका बाट नेपाल भित्रियो

चीन सरकारको अनुदानमा आएको स्वास्थ्य सामाग्री रसुवागढी नाका बाट  नेपाल भित्रियो

कपन अनलाइन

रसुवा ,जेष्ठ २० /सुजन तामाङ्ग (लोपेन)

चीन सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको १५ सय थान अक्सिजन सिलिन्डर र एन नाइन्टी फाइभ मास्क रसुवागढी नाका हुदै नेपाल भित्रिएको हो ।

सहयोग स्वरुप अनुदानमा दिएको स्वास्थ्य सामाग्री मध्ये १५ सय थान अक्सिजन सिलिन्डर रसुवागढी नाका हुदै नेपाल भित्रिएको छ । मंगलबार बिहान ८ बजे चिनिया ३ वटा गाडिमा १५ सय थान अक्सिजन सिलिन्डर र एउटा गाडिमा ५ लाख २७ हजार ५ सय थान एन नाइन्टी फाइभ मास्क गरि ४ वटा चिनिया गाडिमा सामाग्री नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय भन्सार प्रमुख रामप्रसाद रेग्मिले बताए ।

उक्त सामाग्री स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बुझेका छन् । चिनिया गाडिमा आएको अक्सिजन सिलिन्डर र मास्क मंगलबार नै स्वास्थ्य सेवा बिभागको आपूर्ती महाशाखामा पठाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख बसन्त चालिसेले बताउनु भएको छ।

तपाइँको प्रतिक्रिया ।