स्थापना दिवसमा मानव अधिकार तथा शान्ति समाजका तीन सामाजिक कार्य

स्थापना दिवसमा  मानव अधिकार तथा शान्ति समाजका तीन सामाजिक कार्य

 

कपन अनलाइन

काठमाडौँ, जेठ २०।  मानव अधिकार तथा शान्ति समाजले आफ्नो  २६ औ स्थापना दिवसको अवसर पारेर  तीन सामाजिक संस्थालाई खाद्यान्न सहयोग गरेको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले बुधबार शाखाले बालाजुको तारकेश्वरस्थित नव जिवन परोपकार समाज, कागेश्वरी नगरपालिका वडा नं १ स्थित ज्येष्ठ नागरिक सेवा आश्रम र गोठाटारमा रहेको असाहय गाई बाछा संरक्षण अभियानलाइ खाद्यान्न सहयोग गरेको   मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाका सचिव ईश्वर पुडासैनीले जानकारी गराए ।

उक्त कार्यक्रममा शान्ति समाजका केन्द्रिय सल्लाकार उत्तम पुडासैनी, केन्द्रिय महासचिव रामकृण्ण वराल, सदस्य विकाश थापा, भगवान पुडासैनी कार्यक्रम अधिकृत सरिता पौडेल लगायतको सहभागिता  रहेको  थियो।

कोरोना प्रकोप रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको निषेधाज्ञाको कारण उक्त सामाजिक  संस्थाहरुमा खाद्यान्न संकट नआवोस भन्ने हेतुले समाजले खाद्यान्न सहयोग गरेको हो। समाजले कोरोना प्रकोपको बीच पनि आफ्नो सामाजिक अभियानलाइ निरन्तरता दिदै आएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।