अनेरास्ववियुले शैक्षिक र सामाजिक आन्दोलनलाई एकसाथ आगाडी बढाउनु पर्छ : महासचिव ईश्वर पोखरेल
कपन अनलाइन
काठमाण्डौ,जेष्ठ १८।
नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अनेरास्ववियुले शैक्षिक र सामाजिक आन्दोलनलाई एकसाथ आगाडी बढाउनु पर्ने बताएका छन।
अनेरास्ववियुले भर्चुअल माध्यम बाट आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी करिव १ हजार नेता तथा कार्यकर्ताहरुलाई संबोधन गर्दै पोखरेलले संगठन विस्तार संगै सामाजिक रूपान्तरणका लागि विद्यार्थीहरुको अहम भूमिका हुने बताएका हुन्।
पार्टी नेतृत्वका उमेर समुहलाई तिन तरेलीको संज्ञा दिदै उपप्रधानमन्त्री पोखरेलले विद्यार्थी आन्दोलन बलियो भए मात्र पार्टी मजबुत हुने बताउदै नेकपा गठन ,विवाद र विभाजन राजनीतिक र दार्शनिक पक्षका वारेमा प्रशिक्षण दिएका थिए।
तपाइँको प्रतिक्रिया ।