नागार्जुन १ रानीवनको सुविधा सम्पन्न आइसोलेशनलाइ नगरपालिका द्वारा स्वास्थ्य सामग्री प्रदान

नागार्जुन  १ रानीवनको सुविधा सम्पन्न आइसोलेशनलाइ नगरपालिका द्वारा स्वास्थ्य सामग्री प्रदान

कपन अनलाइन

काठमाडौं ,जेठ १८  । नागार्जुन नगरपालिका वडा नं. १ रानीवन स्थित सहरी विकास मन्त्रालयको भवनमा २७० बेड क्षमता भएको आइसोलेशन सञ्चालनमा आएको  छ । सोमबार एक कार्यक्रमका बीच  नगर प्रमुख मोहनबहादुर बस्नेत, उप–प्रमुख सुशीला अधिकारी, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेल, कार्यपालिका सदस्यहरु, विभिन्न वडाका प्रतिनिधि लगायतको उपस्थितमा २७० बेड क्षमता भएको उक्त आइसोलेशनमा नगरपालिकाले अवश्यक स्वास्थ्य समाग्री हस्तान्तरण गरेका छ ।

 नगरपालिकाले आफ्नो लगानीमा ५० बेड र सहरी विकास मन्त्रालय मार्फत सर्बाङगिण अस्पतालको सहयोगमा बाँकी बेडको व्यवस्थापनमा गर्ने गरी आइसोलेशन सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। सोमबार नगरपालिकाले कार्पेट, तकिया, तन्ना, ब्याङ्केट, चप्पल, बिरामीले लगाउने गाउन, थर्मश, टावेल, मञ्जन, नुहाउने साबुन, पलोमिटर ५० / ५० थान र पल्सअक्सिमिटर दश थान लगायतको सामग्री  आइसोलेशन सेन्टरलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख बस्नेतले संक्रमित भई  घरमा बस्दा स्वास्थ्य समस्या भएका व्यक्तिलाई आइसोलशेन राख्न आइसोलेशन सेन्टर निर्माण गरिएकाले आइसोलेनमा आएर सेवा लिन आग्रह गरे । उनले नगरबासी मात्र नभई जिल्लाबाट काठमार्डौ आई कोठमा बसोबास गरिरहेका व्यक्ति संक्रमित भएमा उनिहरुलाई होम आईसोलेशन बस्न समस्या  भएमा उक्त आइसोलेशनमा आएर सेवा लिन सक्ने  जानकारी गराए ।’नगरपालिका उपप्रमुख सुशीला अधिकारीले नेपालमा दोस्रो लहरको कोभिड शुरु हुँदा देखी नै स्थानीय तहको महत्वपूर्ण भुमिका रहेको भन्दै आगामी दिनमा यस्तै साथ र सहयोग जारी रहने बताइन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले सबैको साथ र सहयोगमा कोभिडका बिमारी बस्न सुविधा सम्पन्न आइसोलेशन सञ्चालन गर्न सफल भएको बताए । नगरपालिकाले गरेको कामको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि यस्तै मानविय कार्य गर्न नगरपालिकालाई आग्रह गरेका थिए  । १०० बेडमा आइसीयु सहितको सेवा रहेको भन्दै उनले कोभिडका बिमारीलाई सबै किसिमका सेवा उपलब्ध गराउन तयार रहेको समेत जानकारी दिएका थिए । नागार्जुन नगरपालिका वडा नं. १ का वडाध्यक्ष रामचन्द्र लामाले दोस्रो लहरको कोरोना नियन्त्रण गर्न आफुले विभिन्न ढंगले सहयोग गरेको बताउदै उनले हाल २७० बेडको आइसोलेशन संचालन गरिएको र आवश्यक परे ३०० वेड सम्मको क्षमता धान्न सक्ने गरी तयारी गरिरहेको जानकारी गराए  । आगामी दिनमा वडा र आफ्नो तर्फबाट सक्दो सहयोग गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।