Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/194056696_146562200741962_8140597202001436509_n-e1622465107392.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

संकटको सारथी नेपाल स्काउट : संक्रमितको शव व्यवस्थापनमा नेपाल स्काउटका स्वयंसेवक सक्रिय

कपन अनलाइन

काठमाडौं ,जेठ १७।

कोरोना भाइरसको महामारीमा विभिन्न अभियानहरु संचालन गरिरहेको  नेपाल स्काउटले जनसेवालाई ध्यानमा राख्दै कोरोना संक्रमितको शव व्यवस्थापनमा सक्रिय बनेको छ।

नेपाल स्काउट  भक्तपुरका स्काउटरहरु  अरुण सैंजु,राजेश गाइजु र न्हुजा किजु लगायतको टोली हालसम्म पनि शव व्यवस्थापनमा निरन्तर सक्रिय बनेका छन।

केहि समय अगाडी  नेपाल स्काउट प्रदेश नं १ मा नेपाली सेनाबाट शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण लिई स्काउटका १५ जना स्वयंसेवीहरु शव व्यवस्थापनमा सक्रिय रहेका छन।

प्रदेश नं १ को राजधानी बिराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितीका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटरहरुको टिमले सस्थागत रुपमा पहिलो पटक कोभिड १९ बाट संक्रमण भई निधन हुनुभएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव ब्यवस्थापन गरेको छ।

संक्रमितहरुको  शव ब्यवस्थापनका निम्ति प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पुर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले नेपाल स्काउटका स्वयंसेवकहरुलाई  तालिम दिइएको थियो ।

स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेले  बेलबारी,रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव ब्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिएका छन। शव ब्यवस्थापनका लागी खटिएका स्काउट स्वयंसेवकहरुलाई अलग्गै बस्ने ब्यवस्थापन गरीएको पनि घिमिरेले जानकारी गराए।

तपाइँको प्रतिक्रिया ।