चन्द्रागिरी ८ मा पि .एस.ए अक्सिजन जेनेरेटर प्लान्ट निर्माणको लागि सम्झौता

कपन अनलाइन

काठमाडौं जेठ १६।  चन्द्रागिरी नगरपालिका वडा नं ८ मा पि .एस.ए अक्सिजन जेनेरेटर प्लान्ट (10NM3/hr) निर्माणको लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । चन्द्रागिरी नगरपालिका वडा नं ८ स्तित मातातीर्थ सामुदायिक असपतालमा संचालित नगरस्तरीय कोभिड आइसोलेसन सेन्टरको लागि चन्द्रागिरी नगरपालिका वडा नं ८ (प्रथम पक्ष) र भक्तपुर जिल्ला लोकन्थलीस्थित श्री मुनरोक इन्टरनेशनल प्रा लि (दोस्रो पक्ष)  बीच  पि .एस.ए अक्सिजन जेनेरेटर प्लान्ट (10NM3/hr) निर्माण गर्न सम्झौता भएको हो ।उक्त सम्झौता पत्रमा चन्द्रागिरी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेका छन भने श्री मुनरोक इन्टरनेशनल प्रा लि प्रबन्ध निर्देशक प्रशान्त झाले हस्ताक्षर गरेका छन ।

उक्त सम्झौताअनुसार   श्री मुनरोक इन्टरनेशनल प्रा लि ले सम्झौता भएको मितिले २० दिन भित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्नु पर्नेछ ।निर्माण सामग्री निर्माण स्थलमा झारीसके पश्चात प्रथम पक्षले लागत मध्ये रु बीस लाख मात्र भुक्तानी गर्ने ।निर्माण कार्यको ७५ प्रतिशत कार्य सम्पन्न भए  पश्चात  प्रथम पक्षले दोस्रो पक्षलाइ रु तीस लाख मात्र भुक्तानी गर्नु पर्नेछ ,साथै निर्माण कार्य सम्पन्न भइ हस्तान्तरण भएको १५ दिन भित्र बाँकी रकम चौबिस लाख दुइ हजार पांच सय साठी रुपैया भुक्तानी गर्नु पर्ने उल्लेख गरीएको छ ।

तपाइँको प्रतिक्रिया ।