नागमतीमा बाँध : बागमती नदीको स्वच्छतामा सरकारको पहल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १६।

बागमती नदीको सिरानको क्षेत्रमा  जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ ।

यसअघि हिउँदमा पनि बागमती जलप्रवाह बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थलमा बाँध निर्माण अन्तिम चरणमा पुगेको छ।

सो क्षेत्रमा  नागमती बाँध पनि तयार भएपछि नदीमा स्वच्छ पानी बगाउन सकिने विश्वास व्यक्त  गर्दै सरकारले बजेटको व्यवस्था गरेको हो ।

यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार जारी गरेकाे बजेट वक्तव्यमा उल्लेख छ। काठमाडौँ उपत्यकाका वाग्मती, रुद्रमती, विष्णुमतीलगायतका नदी सफा बनाउका लागि रु तीन अर्ब ४७ करोड बजेट विनियोजन भएको छ।

तपाइँको प्रतिक्रिया ।