कोरोना प्रकोप नियन्त्रणका लागि चन्द्रागिरीमा नेकपा एमालेको सहयोग समिति गठन

कपन अनलाइन

काठमाडौं जेठ १३।

नेकपा एमाले चन्द्रागिरी नगर कमिटीले कोरोना प्रकोप नियन्त्रण तथा रोकथाममा सक्रिय भूमिका निर्वाह गर्नका लागि सहयोग समिति गठन गरेको छ।

नेकपा एमाले चन्द्रागिरी नगर कमिटीका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भर्चुअल माध्यम बाट भएको बैठकले ४१ सदस्यीय सहयोग समिति गठन गरेको थियो।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको सो बैठकले  नगरपालिकामा अक्सिजन प्लान्ट,भेन्टीलेटर,आइ सि यु सहितको अस्पताल निर्माणको लागि पहल गर्ने निर्णय गरेको थियो।

नगर कमिटी अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा सहयोग समिति गठन गरेको बैठकले वडा नं १ मा रहेको मनमोहन अस्पताल संचालनका लागि प्रदेस र संघीय सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।