सुविधाको सवारी जनसेवामा दिएका मुख्य सचेतक दीपक निरौला द्वारा स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाडौं जेठ १३।

आफ्नो सुविधाको सवारी साधन  जनसेवामा दिएका नेकपा एमाले बागमती प्रदेस संसदीय दलका  मुख्य सचेतक दीपक निरौलाले बुढानिलकण्ठ नगरपालिकालाई  स्वास्थ्य सामाग्री सहयोग गरेका छन।

काठमाण्डौ क्षेत्र नं ५  (२ ) बाट निर्वाचित भएका  प्रदेस सभा सदस्य निरौलाले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई ४० लिटर स्यानीटाइजर,४ हजार मास्क,१२५ थान एन्टीजेन परिक्षण किट र ४ वटा अक्सिमिटर हस्तान्तरण गरेका थिए।

काठमाण्डौ जिल्लाका तिन स्थानीय तह रहेको प्रदेस निर्वाचन क्षेत्रको बुढानिलकण्ठ नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै निरौलाले कोरोना प्रकोपको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको जानकारी दिदै टोखा नगरपालिकालाई पनि सहयोग गर्ने बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाको प्रांगणमा स्वास्थ्य सामाग्री सामाग्री हस्तान्तरण गरिएको सो अवसरमा नेकपा एमाले काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथ् नगर कार्यपालिका सदस्य संगम गहतराज, नेकपा एमाले  बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोल, वडा नं ९  की कार्यबाहक अध्यक्ष सुमित्रा पाण्डे ,वडा नं ९ का सदस्य परशुराम कार्की ,नगर प्रहरी प्रमुख रमेस खतिवडा लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै टोखा नगरपालिकालाई भोलि जेष्ठ १४ गते स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको मुख्य सचेतक निरौलाले जानकारी दिएका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।