Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/189584975_511456700003111_3940401140860561571_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/189133728_4253647131366253_6655952354582273900_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/187931512_533224598045987_1832891054715120974_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौँ जर्नी द्वारा प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

कपन अनलाइन

काठमाडौं, जेठ १३ ।कोरोना कहरको दोस्रो लहर नेपालमा व्यापक रुपमा फैलिराखेको अबस्थामा अग्रपन्तिमा रहेर सुरक्षा दिने महानगरिय  प्रहरी  प्रभाग गोकर्णलाइ  स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं जर्निको आयोजना तथा रोज बायोमेडिकल कन्सर्नको सहयोगमा  महानगरीय प्रहरी प्रभाग गोकर्णलाइ ४ थान पिपिइ, ४५ थान सेनिटाइजर, २ कार्टुन पानी र १५० पिस माक्स   बुधबार एक कार्यक्रमका बीच प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ पुर्व गभर्नर  तथा हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, लायन्स क्लब अफ काठमाडौं जर्निको प्रेसिडेन्ट लायन रोजिना बिष्ट (रोज )  लायन श्रीचन केसी  बायोमेडिकल कन्सर्नका  बिशाल भण्डारी लगायतको उपस्थितिमा महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक ज्ञान कुमार कट्टेललाइ हस्तान्तरण गरिएको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा रातदिन  नभनी  डिउटीमा खटिनुपर्ने र कतिबेला भाइरसले संक्रमण हुन्छ थाहा नहुने भएकाले प्रहरीलाई जोखीमबाट बच्नका सानो भए पनि सहयोग गरेकोलायन्स क्लब अफ काठमाडौं जर्निको चार्टर  प्रेसिडेन्ट  रोजिना बिष्ट (रोज)ले कपन अनलाइनलाइ जानकारी गराइन।

 उनले रात दिन नभनी ड्युटीमा खटिएका सुरक्षाकर्मिहरुको मनोबल बढाउन पनि सहयोग गरेको बताइन । समाजसेवी रोजिना बिष्ट (रोज)ले निषेधाज्ञाको बिचमा सडक जनावरहरुलाई खाना खुवाउने काम समेत गर्दै आएकी छिन भने  रक्त अभाबमा उपचार गराईरहेका बिरामीहरुको लागि रगत समेत विमिन्न ब्यक्तिहरुको सहयोगमा जुटाउदै आएकी छिन ।

तपाइँको प्रतिक्रिया ।