नेपाल -चिन रास्ट्रपति संवाद : चीनद्वारा १० लाख डोज खोप दिने घोषणा गर्यो
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १२।
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन संवाद भएको छ । आज दुई देशका प्रथम व्यक्तिहरुबीच झण्डै एक घन्टा संवाद भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कोरोना भाइरसको महामारीका विषयमा केन्द्रित रहेको संवादमा चिनियाँ राष्ट्रपति सीले नेपालको पछिल्लो अवस्थाबारे चासो राख्दै सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए।
सोहि प्रतिवादत्ता अनुसार चीनले नेपाललाई १० लाख डोज खोप दिने चिनिया दूतावासले जानकारी दिएको छ । थप भ्याक्सिन पठाउन राष्ट्रपति भण्डारीले आग्रह गर्दै चीनले दिदै आएको सहयोगप्रति धन्यवाद व्यक्तगरेकी थिइन् ।
तपाइँको प्रतिक्रिया ।