Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/190064487_328127452030238_6097306714190125280_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

हेलम्बु गाउँपालिकाको गौरव : ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (धर्मचक्र पर्खाल)

कपन अनलाइन

सिन्धुपाल्चोक ,जेष्ठ १२/सुशील सुवेदी

अहिले हरेक स्थानिय तहले केहि आफ्नो पालिकामा गौरवको योजना सञ्चालन गर्दै आएका छन् । कति स्थानियतहले आफ्नो लक्ष्य प्ु्रा गरिसकेभने कतिपय बजेट अभावमा काम त्यतिकै अलपत्र छोडेर बजेटको खोजिमा भौतारिइरहेका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो गौरवको आयोजनामा ‘हिमालयन ग्रेट ट्रेल’ लाई अगाडि सारेको छ र धमाधम काम पनि भइरहेको छ । अहिले हेलम्बुको ‘हिमालयन ग्रेट ट्रेल’मा आन्तरिक तथा बाह्य पर्यटकहरु ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेगर्छन ।

हेलम्बु गाउँपालिकाले आफ्नो पहिचान र पर्यटन आकर्षणका लागि ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (धर्मचक्र पर्खाल) नाम दिएर गत वर्ष देखि ट्रेलको निर्माण सुरु गरेको हो। दुई हजार तीन सय मिटरदेखि पाँच हजार मिटर उचाइमा बन्ने ट्रेल चीनपछि विश्वमै पहिलो पटक हेलम्बुमा निर्माण हुन लागेको हो।

हेलम्बुको महत्वाकांक्षी योजनाको रुपमा अघि सारिएको उक्त परियोजना निर्माणको लागी प्रदेश र संघिय सरकारले पनी बजेटहाल्ने प्रकृया अघि बढाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । गत वर्षदेखि निर्माण थालिएको ट्रेल दुई मिटर चौडाईको बाटोसहित साढे तीन मिटर चौडाईमा निर्माण हुने छ । ६० किलोमिटर लामो ट्रेल निर्माणका लागि ३ अर्ब बढी लागत लाग्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन  ।

बौद्ध धर्मको इतिहास रहेको हेलम्बु क्षेत्रमा धार्मिक संस्कार र पर्यटन क्षेत्रको विकास गर्न यो ट्रेलले सहयोग गर्ने अपेक्षा रहेको अध्यक्ष शेर्पाको भनाइ रहेको छ। गत वर्ष देखि निर्माण शुरु भएको ट्रेल हाल नागीडाँडा, शेर्माथान र घोप्टेघ्याङ्ग गरी तिन स्थानमा करिव १३०० मिटर निर्माण भएको छ । स्थानिय आन्तरिक स्रोत साधनको अभाव भएतापनी दृढ इच्छाशक्तीका साथ निर्माण सुरु गरिएको उक्त ग्रेटट्रेल अबभने पर्यटकको आकर्षक केन्द्रको रुपमा हेर्न लाएक भैसकेको अध्यक्ष शेर्पाले जानकारी दिएका छन  ।

हेलम्बुको बुद्धपार्कबाट शुरु हुने ट्रेल पूरै निर्माण भएपछि आमायाङ्ग्री (ह्योल्मो परम्परा अनुसार धनकी देवी), भेमेथाङ (गुरु रिन्पोछे तपस्यास्थल), मिलारेपा गुफा, पाल्चोक जयवागीश्वरी मन्दिर लगायत हेलम्बुका दर्जनौं गुम्बा तथा धार्मिकस्थल अवलोकन गर्न सकिन्छ । ट्रेलको भित्री भागमा मेशिनले काटेका स्थानिय ढुङ्गा प्रयोग गरिएको छ भने बाहिर राखिएका ढुङ्गा छिनोले कुँदिएको छ ।

सिंढीमा स्लेट प्रयोग गरिएको छ । समुद्री सतहबाट २४०० देखि ५००० मिटर उँचाइसम्म फैलने ट्रेल हिंडेर पूरै छिचोल्न नौ दिन लाग्नेछ । सो अवधिमा तामाङ, ह्योल्मो, गुरुङ लगायत जातजातिको संस्कृति अवलोकन गर्न पाइनेछ । ‘माउन्टेन फ्लाइट’ बाट देखिने मध्य तथा पूर्वी क्षेत्रका हिमालमध्ये ८० प्रतिशत ट्रेलबाट देखिने शेर्पाले बताए  ।

ट्रेलमै पर्ने पाके डाँडाबाट सगरमाथा समेत देखिन्छ । यहाँको जङ्गलमा कालिज, घोरल, लेकाली भेडा, रेड पाण्डा लगायत पशुपक्षी छन् । रेड पाण्डाको वासस्थान भएको लाङटाङ राष्ट्रिय निकुञ्जमा जनावरलाई बाधा नपुग्ने गरी संरचना बनाउन निकुञ्ज प्रशासनसँग समन्वय भइरहेको शेर्पाको भनाइ छ । अध्यक्ष शेर्पाका अनुसार ट्रेलको सेमिसिधाङबाट गोसाइँकुण्ड मात्र एक किलोमिटरको दूरीमा छ ।

ट्रेल क्षेत्रभित्रै क्यानोनिङ र पाराग्लाइडिङको संभाव्यता अध्ययन भइसकेको र बञ्जी पुलको निर्माणकार्य अन्तिम चरणमा पुगिसकेको छ । काठमाडौं पानी लैजाने मेलम्ची आयोजनाको मुहान अम्बाथान पनि हेलम्बुमै पर्छ । जुन, काठमाडौंको जोरपाटीदेखि साँखुहुँदै ५५ किलोमिटर र सुन्दरीजलहुँदै ५० किलोमिटर टाढा छ ।

तपाइँको प्रतिक्रिया ।