काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो ,पसल खोल्न नपाइने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ११।

काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अवको  निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन भने सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ ।

निषेधाज्ञा कार्यान्वयनमा पनि थप कडाइका लागि निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेश अनुसार कारबाही हुनेछ

तपाइँको प्रतिक्रिया ।