भूकम्प अति प्रभावित जिल्लाका स्थानीय तह ,विद्यालय र स्वास्थ्य चौकीमा निशुल्क इन्टरनेट दिइने

कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ११।
नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले भूकम्प अति प्रभावित ८ जिल्लाका स्थानीय तह ,विद्यालय र स्वास्थ्य चौकीमा निशुल्क इन्टरनेट दिने घोषणा गरेको छ।
भर्चुअल माध्यमबाट सरोकारवाला संग भएको छलफलमा  भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक लगाएत ८ जिल्लाका पालिका कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुरयाउनका लागि मन्त्रालय र स्थानीय सरकार बीचमा सम्झौता गरि कार्य अगाडी बढाउने घोषणा गरिएको हो।
 हाललाई जडान र शुरु २ वर्षको शुल्क ग्रामिण दुर सञ्चार कोषबाट व्यहोर्ने गरि स्थानीय सरकारको सञ्चित कोषमा पठाइने सम्बन्धित स्थानीय तहलाई नै जिम्मेवार बनाउने वारेमा पनि सो अवसरमा छलफल गरिएको थियो ।
सो कार्यले  बदलिदो परिस्थितीमा स्थानीय सरकारका सेवा प्रवाह, वैकल्पिक तथा डिजिटल शिक्षाको व्यवहारीक अभ्यास लगाएतका कार्यमा छिटो र सहज पहुँचका लागि सहयोग पुग्ने गाउँ पालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले बताएका छन।
तपाइँको प्रतिक्रिया ।