खेलकुद क्षेत्र संग सम्बद्ध व्यक्तिहरुलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमतीले सहयोग गर्ने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ११ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले कोरोना संक्रमण भएर  आईसोलेशनमा बसेका र आपतमा परेका  खेलकुद क्षेत्र संग सम्बद्ध व्यक्तिहरुलाई आवश्यक सहयोग गर्ने भएको छ।

खेलकुद संग सम्बद्ध खेलाडी, प्रशिक्षक, रेफ्री, जज र खेलकुदको विकास र प्रचारप्रसारमा कलम चलाउने खेल पत्रकारलाई कोरोना संक्रमित भइ आइसोलेशनमा बसेको अवस्थामा जुनसुकै समस्या भएमा आवश्यक सहयोग गर्ने उदेश्यले नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमतीले कोभिड – १९ विरुद्धको अभियान शुरु गरेको हो।

संघका बागमती प्रदेश संयोजक दीपक गुरुङले कोभीड -१९ दोस्रो भेरियन्ट संक्रमणको कारण धेरैले ज्यान गुमाउनु परेकोमा दु:ख व्यक्त गर्दै खेलकुद संग आवद्ध जो कोहिलाई यस्तो विषम परिस्थितिमा आपत पर्ने भएकोले  समस्या परेका व्यक्तिले सम्पर्क गरि आफ्नो समस्या राख्न सक्ने जानकारी दिएका छन।

सहयोग प्राप्त गर्न चाहाने व्यक्तिले माथिको नम्बरमा सम्पर्क गर्न सक्ने संघले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।