बुढानिलकण्ठ प्रमुख उद्दव खरेलले आफ्नो बाचा पुरा गरे ,नगर अस्पतालमा बहिरंग ( OPD )सेवा शुरु
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १०।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले नगरपालिकाको आफ्नै अस्पतालमा सेवा शुरु गर्ने भएर गरेको वाचा पुरा गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बुढानिलकण्ठ नगर अस्पतालमा आज बाट बहिरंग (OPD ) सेवा उद्घाटन भएको छ।
नगरपालिकाका विभिन्न स्थानमा नगर अस्पताल बनाउने पहल र चर्चा भएता पनि नगरपालिकाले आफ्नै पहलमा र श्रोतको सुनिस्चितता गरेर नगर अस्पतालमा स्वास्थ्य सेवा दिने घोषणा गरेका नगर प्रमुख खरेलले वडा नं १० को बालुवाखानीलाई निर्माण स्थलका रुपमा चयन गरेका थिए।
हाल नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भैरहेको सो स्थानमा निर्माण भएको आइसोलेसन केन्द्रमा आज बाट उपप्रमुख रमा राई , प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की ,नगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १० का कार्यबाहक अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायतको उपस्थितिमा बहिरंग (OPD ) सेवा शुभारम्भ गरिएको हो।
सो अस्पतालमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरे संगै सेवा शुरु भएकोले नगरपालिकाका लाखौ जनता लाभान्वित हुने वडा नं १० का कार्यबाहक अध्यक्ष चन्द्रमान श्रेष्ठले बताएका छन। सो सेवा लिनका लागि नगरवासीमा अनुरोध गर्दै उनले उक्त सेवा कोरोना प्रकोपमा मात्र हैन सधै निरन्तर सुचारु हुने जानकारी दिएका छन।