कीर्तिपुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ८ सय ४८ पुग्यो ,वडागत बिवरण सहित

कीर्तिपुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ८ सय ४८  पुग्यो ,वडागत बिवरण सहित

 

कपन अनलाइन

काठमाडौँ, जेठ १०। कीर्तिपुर नगरपालिकामा दोस्रो लहरको कोरोना  बाट संक्रमित भएका विरामीको संख्या हाल सम्म ८४८ जना पुगेको छ ।जसमा महिला  ४१० र पुरुष ४३८ जना रहेको नगरपालिकाले जनाएको छ। संक्रमित मध्ये ७६४ जना होम आइसोलेसनमा रहेको र अस्पतालको आइसोलेसनमा ८४ जना रहेको जनाएको छ । त्यसैगरि हाल सम्म नगरपालिकाका ३० जनाको  कोरोना संक्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ ।

संक्रमित विरामीको संख्या प्रत्येक वडाको यस प्रकार रहेको छ ।

कीर्तिपुर नगरपालिका वडा नं १ मा ६८ जना

वडा नं २ मा १३२ जना

वडा नं ३ मा ६३ जना

वडा नं ४ मा ७९ जना

वडा नं ५ मा ८९ जना

वडा नं ६मा ६२ जना

वडा नं ७ मा ६०जना

वडा नं ८ मा ५५ जना

 वडा नं ९ मा ११०

र वडा नं १०मा १३० जना गरि कुल संक्रमित  ८४८ जना भएको जनाएको छ ।पछिल्लो २४ घन्टामा कुल ११६जनाको कोरोना परिक्षण गरिएकोमा ५५ जनाको पोजेटिभ आएको समेत उल्लेख गरिएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको  छ । सामाजिक र भौतिक दूरी कायम गर्न रअनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न समेत  अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।