गोकर्णेश्वरमा अक्सिजन सहितको आइसोलेसन केन्द्र संचालनको तयारी तिब्र
कपन अनलाइन
काठमाडौं, जेठ ९। गोकर्णेश्वर नगरपालिका ४ राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनमा संचालन गर्न लागिएको आइसोलेसन सेन्टर व्यवस्थापनको कार्य तिब्र रुपमा अघि बढेको छ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको सहकार्यमा पुन नि:शुल्क अक्सिजन सहितको आइसोलेसन सेन्टर संचालन गर्ने लागेको हो ।उक्त स्थानमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले गोकर्णेश्वर नगरपालिका संगको सहकार्यमा बिगतमा जस्तै आइसोलेसन सेन्टर संचालनको लागि नगर प्रमुख सन्तोष चालिसे संग छलफल पश्चात सो कामले गति लिएको छ ।
आइसोलेसन संचालनका लागि नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मी एम्बुलेन्स सुरक्षाको लागि नगर प्रहरीको व्यवस्थापन गर्ने र अन्य व्यवस्थापन र अक्सिजनको जिम्मा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले लिने भएको छ । छलफल पश्चात उक्त स्थनको सरसफाई लगायत आवश्यक सामग्री जडानको कार्य पनि अघि बढेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सचिब नवराज सेनले कपन अनलाइनलाइ जानकारी गराए उनले एक दुइ दिन भित्रमा नै संचालन गर्ने गरि तयारी अघि बढेको पनि बताए।
उक्त स्थानको गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले समेत स्थानको स्थलगत निरीक्षण गरेका छन। मापदण्ड अनुसार संचालन गर्न लागेको सो आइसोलेसन केन्द्रमा लायन्स क्लबले अक्सिजन कन्सनट्रेटर सहितको अन्य आवश्यक सामग्रीको व्यवस्थापन गर्नेछ बिगतमा लायन्स क्लबले सोहि स्थानमा निशुल्क खानाको व्यवस्था सहित ६० दिन आइसोलेसन केन्द्र संचालन गरेको थियो ।