बालकुमारीको १३ औँ साधारणसभा

बालकुमारीको १३ औँ साधारणसभा

कपन अनलाइन\पुस ३०, २०७१

बुढानीलकण्ठ नगरपालिका वडा नं. १४(साविक कपन गाविस वडा नं. १) स्थित  बालकुमारी टोल सुधार समितिले आफ्नो १३ औँ साधारणसभा सम्पन्न गरेको छ । कुल ४१५ सदस्य रहेको टोलसुधार समितिको साधारणसभामा भने १७३ सदस्यको उपस्थिति रहेको थियो । फैकास्थित ओस्कार स्कूलमा सम्पन्न साधारणसभामा बुढानीलकण्ठ नगरपालिका वडा नंं १२, १३ र १४ का संयुक्त वडा सचिव श्री श्याम अधिकारीलाई प्रमुख अतिथिको उपस्थित थिए ।

10847140_585666908202164_423297574_n

 

साधारणसभा वार्षिक रुपमा गर्नुपर्ने भएतापनि कपनमै रहेका आदर्शनगर टोल सुधार समाज, गौरीशंकर टोलसुधार समाज, नवदुर्गा स्वास्थ्य भवन लगायत नाम चलेका र नचलेका गरी करिब एक दर्जन समितिहरूले साधारणसभा गरेका छैनन् । स्थानीय प्रशासनिक निकायले राम्ररी ध्यान दिन नसकेर हो वा हेलचेक्राईँ गरेकै कारणले गर्दा हो यति धेरै टोल सुधार समितिले साधारण सभा नगर्दा समेत उनीहरूको टोल विकास कार्यक्रममा कुनै असर परेको छैन ।

तपाइँको प्रतिक्रिया ।