स्विजरल्यान्डद्वारा करिब ९४ करोड नेपाली रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग

स्विजरल्यान्डद्वारा करिब ९४ करोड नेपाली रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग

कपन अनलाइन

जेष्ठ  ,जेष्ठ ८।

स्विजरल्यान्डले नेपाललाई कोभिड–१९ विरुद्ध लड्नका लागि ८० लाख अमेरिकी डलर(करिब ९४ करोड नेपाली रुपैयाँ) बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उक्त स्वास्थ्य सामग्री नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई शनिबार हस्तान्तरण गरेकी छन।

स्विस दूतावासद्वारा जारी विज्ञप्तिअनुसार झन्डै ३० टन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । नेपाललाई दिइएको स्वास्थ्य सामग्रीहरुमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख एन्टिजेन, १ लाख १० हजार केएन–९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।