गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १३ सय ८५ पुग्यो, कुन वडामा कति संक्रमित ?
कपन अनलाइन
काठमाडौं जेठ ७। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ६ गते सम्ममा ७६४ जना पुरुष र ६२१ जना महिला गरि कुल १३सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा २५ जना पुरुष र १५ जना महिला गरि कुल ४० जना
वडा नं २ मा ३४ जना पुरुष र २५ जना महिला गरि कुल ५९ जना
वडा नं३ मा ४० जना पुरुष र २१ जना महिला गरि कुल ६१ जना
वडा नं ४ मा १२० जना पुरुष र ९८ जना महिला गरि कुल २१८ जना
वडा नं ५ मा १४३ जना पुरुष र १११ जना महिला गरि २५४ जना
वडा नं ६ मा १५८ जना पुरुष र १३१ जना महिला गरि २८९ जना
वडा नं ७ मा ५६ जना पुरुष र ५७ जना महिला गरि कुल ११३ जना
वडा नं ८ मा १४३ जना पुरुष र १२९ जना महिला गरि कुल २७२ जना
वडा नं ९ मा ४५ जना पुरुष र ३४ जना महिला गरि कुल ७९ जना संक्रमित रहेको जनाएको छ।
हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी २८९ जनामा कोरोना संक्रमित भेटिएको छ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।